इन्फिनिक्स नोट ५०एस ५जी प्लस नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?

काठमाडाैं । इनफिनिक्सले आफ्नो नयाँ स्मार्टफोन नोट ५०एस ५जी प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ। दमदार प्रदर्शन, आकर्षक डिजाइन र अत्याधुनिक फिचरसहितको यो मोडेल 8GB RAM र 256GB स्टोरेज भेरियन्टमा मात्र रु. 31,999/- मा उपलब्ध भएको कम्पनीले जनाएको छ।

नोट ५०एस ५जी प्लसमा 3D-कर्भ्ड 144Hz AMOLED डिस्प्ले छ, जसलाई Corning® Gorilla® Glassले सुरक्षा प्रदान गरेको छ। यसले गेमिङ, स्ट्रिमिङ वा दैनिक प्रयोगका लागि जीवन्त रंग र सहज दृश्य अनुभव दिने कम्पनीको दाबी छ।

यसमा MediaTek Dimensity 7300 Ultimate चिपसेट रहेको छ भने RAMलाई 16GB सम्म विस्तार गर्न सकिने सुविधा छ। 256GB स्टोरेज क्षमता भएकाले फोटो, भिडियो र एपहरू सजिलै भण्डारण गर्न सकिन्छ।

क्यामेरा पक्षमा, 64MP SONY IMX682 मेन क्यामेराले 4K भिडियो खिच्न सक्ने क्षमता राख्छ भने 13MP फ्रन्ट क्यामेराले उच्च गुणस्तरको सेल्फी र भिडियो कलको सुविधा दिन्छ।

पावरका लागि, यसमा 5200mAh ब्याट्री र 45W All-Round FastCharge 3.0 चार्जिङ प्रविधि छ। IP64 स्प्ल्यासप्रूफ र TÜV प्रमाणित ड्रप-रेजिस्टेन्ट फिचरले टिकाउपनमा भरपर्दो बनाएको छ।

ध्वनि प्रणालीमा JBL ट्युनिङको डुअल स्पिकर प्रयोग गरिएको छ, जसले संगीत, फिल्म वा गेमिङमा दमदार अडियो अनुभव दिन्छ।

नोट ५०एस ५जी प्लस Marine Blue, Titanium Grey र Burgundy Red तीन रंगमा उपलब्ध छ, जसमा प्रिमियम फिनिश र आरामदायी ग्रिप रहेको कम्पनीले जनाएको छ। यो स्मार्टफोन हाल नेपालभरका मोबाइल पसलहरूमा खरिद गर्न सकिनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री