काठमाडौंमा कजारियाको ‘आर्क एण्ड अरा’ आर्किटेक्ट मिट

काठमाडौं । भारतको नम्बर १ टाइल ब्रान्ड कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट ‘आर्क एण्ड अरा’ भव्य रुपमा काठमाडौंको सोल्टी होटलमा सम्पन्न गरेको छ ।

साउन २३ गते आयोजित उक्त कार्यक्रमलाई डिजाइन, नवीनता र नेटवर्किङको एक उत्कृष्ट समागमका रूपमा लिइएको छ । कार्यक्रममा नेपालका प्रतिष्ठित आर्किटेक्ट, डिजाइनर, इन्फ्लुएन्सर तथा उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांश अग्रवालले गरेका थिए । उनले कम्पनीको अन्तर्राष्ट्रिय उपलब्धि, नेपालमा भइरहेको निर्माण विस्तार, आधुनिक टाइल प्रविधि र वातावरणमैत्री सोचबारे प्रस्तुति दिए ।

कार्यक्रममा सहभागीहरूले कजारियाका प्रिमियम टाइल संग्रहहरूको अवलोकन गरे । विशेष गरी, लार्ज–फम्र्याट ग्लेज्ड भिट्रीफाइड टाइलहरू (६०x१२० सेमी, ८० x१६० सेमी, १२० x १८० सेमी, र २० x २४० सेमी) लगायतका बिभिन्न आकारहरू (६० x ६० सेमी, ४० x ४० सेमी, ३० x ६० सेमी, ३० x ४५ सेमी, र १९.५ x१२० सेमी) समावेश थिए, जुन आवासीय र व्यावसायिक आवश्यकताहरू पूरा गर्न उपयुक्त छन् । यी टाइलहरू आवासीयदेखि व्यावसायिक प्रयोजनसम्म उपयुक्त हुने उल्लेख गरिएको थियो ।

कार्यक्रमको समापनमा निर्देशक संजय अग्रवालले कजारियाको नेपालमा दीर्घकालीन प्रतिबद्धता र ‘स्थानीय निर्माण, नवीन डिजाइन र सहकार्यद्वारा’ नेपाली आर्किटेक्चरल ल्यान्डस्केपलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यबारे धारणा राखे ।

उनले नेपालमै स्थापना गरिएको सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्टमार्फत देशको टाइल उद्योगमा कजारियाले नयाँ कीर्तिमान राखेको बताए ।

हाल कजारियाको नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलर नेटवर्क फैलिएको छ। कम्पनीले ४,००० भन्दा बढी डिजाइन विकल्पमार्फत उपभोक्तालाई आधुनिक, जल तथा दाग प्रतिरोधी टाइलहरू उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रमको अन्त्यमा आयोजित नेटवर्किङ डिनरले नेपाली डिजाइन र आर्किटेक्चर क्षेत्रमा क्रियाशील व्यक्तिहरूबीच आपसी सहकार्य र विचार आदानप्रदानको अवसर प्रदान गरेको थियो ।

कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६० x १२० सेमी, ६० x ६० सेमी, १९.५ x १२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४० x ४० सेमी) र सिरामिक वाल टाइल्स (३० x ६० सेमी, ३० x ४५ सेमी) उपलब्ध गराउँछ । यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री