काठमाडौं । नेपालको एकमात्र आधिकारिक हुन्डाई गाडी वितरकका रूपमा कार्यरत लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतासँग बलियो तथा सम्मानित धरोहर निर्माण गरेको दाबी गरेको छ ।
विगतमा कम्पनीले स्यान्ट्रो, ग्रान्ड आई१० नियस, आई२०, अरा, भेन्यु, भेर्ना, क्रेटा, ट्युसन, सान्टा फे र प्यालिसेडजस्ता लोकप्रिय मोडेलहरू बजारमा उपलब्ध गराएको छ । साथै, आइओनिक ५ इलेक्ट्रिक, कोना इलेक्ट्रिक र क्रेटा इलेक्ट्रिकजस्ता आधुनिक विद्युतीय सवारीसाधन पनि प्रस्तुत गर्दै आएको छ । जसले भरपर्दोपन, इन्धन बचत र दिगोपनको लागि पहिचान बनाएको दाबी कम्पनीको छ ।
ग्राहकलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले अत्याधुनिक सुविधा सम्पन्न सोरुम, स्तरीय सर्भिस केन्द्र, र ललितपुरस्थित नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमीमार्फत प्रमाणित प्राविधिकद्वारा सेवा प्रदान गर्दै आएको छ ।
०७८ वैशाख २८ गते, लक्ष्मी मोटर कर्पोरेसन लक्ष्मी ग्रुपको सहायक कम्पनीले रामग्राम, परासीमा नेपालको पहिलो कार एसेम्बली प्लान्टको उद्घाटन गर्दै ‘मेड इन नेपाल’ हुन्डाई सवारीसाधन उत्पादनको सुरुवात गरेको थियो । पहिलो चरणमा भेन्यू मोडेलको उत्पादन सुरु भएको थियो । पछि क्रेटा मोडेलको उत्पादन पनि सुरु गरिएको छ । कम्पनीले आगामी दिनमा थप मोडेलहरू उत्पादन गर्ने योजना जनाएको छ ।
यसै क्रममा, हुन्डाई नेपालले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अभूतपूर्व ग्राहक प्रतिक्रिया प्राप्त गरेको कम्पनीनले जनाएको छ । जसले यसलाई नेपालका सबैभन्दा विश्वासनीय र सम्मानित ब्रान्डमध्ये एकको रूपमा अझ मजबुत बनाएको विश्वास कम्पनीको छ ।




