नियुक्त भएको चार महिना नपुग्दै दिगम्बर झाले दिए राजीनामा

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले राजिनामा दिएका छन् । झाले बुधबार आफ्नो पदबाट राजिनामा दिएका हुन् । झाले सूचना तथा संचार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

गत वैशाख १५ गते झालाई पत्र पठाएर प्रशासनिक बाहेक कुनै पनि काम नगर्न सरकारले निर्देशन दिएलगत्तै सरकारले झाको नियुक्ति रद्द गरिदिएको थियो ।

गत असार २१ गते भदौपछिका शेरबहादुर देउवा सरकारले गरेका सबै नियुक्ती खारेज गर्ने सरकारले निर्णय गरेसँगै झा बर्खास्तीमा परेका थिए । तर, उनै झालाई सरकारले पुनः गत भदौ २१ गते प्राधिकरण प्रमुखमा नियुक्ति गरेको थियो ।

यस्तै झाले आज पत्रकार सम्मेलन गर्दै आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफू पदमा नबस्ने स्पष्ट पारेका थिए । उनले भनेका थिए, ‘मलाई कुनै पदको लोभ छैन । काम गर्न पाए हुन्छ । मेरो कारणले यदि सम्मानीय प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार छु ।’

‘म जागिर गरेर तलबमात्रै खाएर बस्ने मान्छे होईन, म त काम गर्ने मान्छे हुँ । म सर्भिस डेलिभर गर्न चाहन्छु । म पनि स्वतन्त्र नागरिक हुँ । मेरो पनि मान, सम्मान र सामाजिक र पारिवारिक प्रतिष्ठा छ । मेरो प्रतिष्ठामाथि आँच पुर्याउनेगरि नेताज्यूहरुले बोल्नुभन्दा अगाडि कमसेकम अध्ययन गरिहाल्नुहोस् । कसैलाई पनि आरोप लगाउँदा अन्याय नहोस् भनेर सोच्नुपर्छ,’ उनले पत्रकार सम्मेलनमा बोलेका थिए ।

यसैगरी केही दिनअघि सत्तारुढ दलका ४२ जना नेताहरुले विवादास्पद पृष्ठभूमि भएका व्यक्ति दिगम्बर झालाई राजनीतिक नियुक्ति दिइएको भन्दै आलोचना गरेका थिए । उनीहरुले पार्टी अध्यक्षद्वयलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अमेरिकी सहयोगमा २१ मिलियन डलरको खाद्य सुरक्षा परियोजना

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि दुई …

प्रतिकृया दिनुहॊस