काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९९ हजार २ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




