फोर्थिङ फ्राइडे इभीः नेपालमा सबैभन्दा किफायती इलेक्ट्रिक SUV, प्रारम्भिक मूल्य रु ५०.९६ लाख

काठमाडौं । लक्ष्मी ई-मोबिलिटीले चीनको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्ड फोर्थिङलाई नेपाली बजारमा प्रस्तुत गरेको छ। यो कदम नेपालमा इलेक्ट्रिक सवारी साधन (EV) को क्रान्ति बढाउन महत्वपूर्ण मानिएको छ। फोर्थिङका पहिलो मोडेल फ्राइडे इभीलाई २०८२ साउन २ गते (अगस्ट ६) को दिन नाइमा २०२५ अटो प्रदर्शनीमा सार्वजनिक गरिएको हो।

फोर्थिङ ब्रान्ड विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि परिचित छ। यसले नेपालमा प्रिमियम इलेक्ट्रिक SUV फ्राइडे इभीको सुरुवात गर्दै नेपाली बजारमा आफ्नो उपस्थिति दर्ता गरेको छ। यो गाडी नेपाली ग्राहकहरूको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिनका लागि प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनको समागम हो।

फोर्थिङ फ्राइडे इभी दुई भेरियन्टमा उपलब्ध छ:

लक्जरी भेरियन्ट – रु ५०.९६ लाख

एक्सक्लुसिभ भेरियन्ट – रु ५६.९६ लाख

नाइमा २०२५ प्रदर्शनीमा विशेष अफर अन्तर्गत,फोर्थिङले दुवै भेरियन्टमा सीमित समयका लागि रु २ लाख छुट र एक वर्षको अटो+ बीमा प्रदान गरिरहेको छ। यस अफर अन्तर्गत, ग्राहकहरूले लक्जरी भेरियन्टलाई रु ४८.९६ लाख र एक्सक्लुसिभ भेरियन्टलाई रु ५४.९६ लाख मा प्राप्त गर्न सक्नेछन्।

फोर्थिङ फ्राइडे इभीमा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर रहेको छ, जसले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्षम बनाउँछ। यो गाडी विशेष रूपमा शहरी सडकहरू र सप्ताहान्त यात्राका लागि उपयुक्त छ। साथै, यसमा प्रिमियम मसाज स्पोर्ट्स सीट र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ, जसले सवारीको आराम र सुविधामा थप योगदान पुर्याउँछ।

फोर्थिङ फ्राइडे इभीले प्रतिस्पर्धात्मक मूल्य निर्धारणसँगै प्रिमियम सुविधाहरू पनि उपलब्ध गराउँछ, जसले यसलाई नेपाली बजारमा सबैभन्दा किफायती र मूल्यवान इलेक्ट्रिक SUV बनाएको छ।

लक्ष्मी ई-मोबिलिटीले नाइमा २०२५ मा फोर्थिङको मुख्य प्रस्तुतिसँगै इलेक्ट्रिक सवारी साधनको भविष्यलाई देखाउने अवसर प्रदान गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री