गोगोरो स्कुटरको नेपालमा पहिलोपटक बाइब्याक कार्यक्रम

काठमाडौं । गोगोरो स्कुटरको नेपालका लागि आधिकारिक पार्टनर नेब्युला इनर्जीले नेपालमा पहिलोपटक विद्युतीय दुईपांग्रे सवारीका लागि बाइब्याक ग्यारेन्टी कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमले ग्राहकलाई थप भरोसा दिलाउँदै नेपाली बजारमा ब्रान्डको दीर्घकालीन प्रतिबद्धता पनि देखाएको कम्पनीले जनएको छ ।

यस कार्यक्रममार्फत गोगोरो नेपालमा निश्चित रिसेल भ्यालु दिने पहिलो विद्युतीय दुईपांग्रे सवारी ब्रान्ड बनेको दाबी कम्पनीको छ । यो कार्यक्रम २०८२ साउन १९ गतेदेखि आधिकारिक रूपमा लागू भएको कम्पनीले जनाएको छ ।

यसअन्तर्गत, गोगोरोले अब आफ्ना स्मार्ट स्कुटर किन्नेहरूलाई ढुक्क बनाउने गरी पाँच वर्ष वा ४० हजार किलोमिटर जुन पहिले पुग्छ, त्यसको आधारमा एक लाखको बाइब्याक ग्यारेन्टी गर्नेछ ।

“गोगोरो नेपालको यातायातको भविष्य हो,” नेब्युला इनर्जीका जनरल म्यानेजर चिरञ्जीवी शाहले भने, “सुरुदेखि नै हामीले गरेको लगानीले यही प्रतिबद्धता झल्काउँदै आएको छ । हामीले काठमाडौंभर ४५ वटा ब्याट्री स्वापिङ स्टेसनको नेटवर्क निर्माण गरेपछि मात्र सेवा सञ्चालन सुरु गरेका थियौँ । आज हामी त्यो प्रतिबद्धतालाई अझ अगाडि बढाउँदै छौँ ।”

नाइमामा विशेष अफर
बाइब्याक ग्यारेन्टीसँगै, गोगोरोले नाइमा अटो शोमा केही आकर्षक अफरहरू पनि लिएर आएको छ ।

दसैँ अफरको सुरुवात : नाइमामा गोगोरोले दसैँ विशेष स्किम पनि घोषणा गर्दै छ । जसमा ब्याट्री स्वाप प्रणालीमा आउन चाहने ग्राहकलाई आकर्षक छुट र थप सुविधा दिइनेछ ।

ब्याट्री स्वाप लाइभ डेमो : आगन्तुकहरूले गोगोरोको छिटो, सजिलो र अत्याधुनिक ब्याट्री स्वाप प्रविधि प्रत्यक्षरूपमा अवलोकन र अनुभव गर्न सक्नेछन् ।

अप्टिमाइज गरिएको स्वाप स्टेसन प्रदर्शन : गोगोरोको काठमाडौंभरका ४५ वटा स्वाप स्टेसनहरूलाई अब अझ छिटो सेवा दिन र भरपर्दो बनाउन अप्टिमाइज गरिएको छ ।

अपग्रेड गरिएको जिगो स्कुटर प्रदर्शन : तपाईं हालसालै अपग्रेड गरिएको जिगो स्कुटरको सुरुमै अवलोकन गर्नेहरूमध्येमा पर्न सक्नुहुनेछ । किनकि, अपग्रेड गरेपछि यो पहिलोपटक सार्वजनिक रूपमा प्रदर्शन हुँदै छ ।

गोगोरोले पूर्वाधारमा गरेको लगानी, ग्राहककेन्द्रित प्रविधि, ब्याट्रीमा लाइफ टाइम ग्यारेन्टी र लङ-ट्रम भ्यालु एस्युरेन्ससहितको बलियो संयोजनमार्फत नेपालमा विद्युतीय यातायातको क्षेत्रमा नयाँ बेन्चमार्क बनाइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री