घट्यो नेप्से परिसूचक, २ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ४१.३४ अंकले घटेर २ हजार ८३३.५७ विन्दुमा बन्द भएको हो।

आज कूल ९ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको २ करोड २२ लाख कित्ता शेयर खरिद बिक्री भएको छ। आज ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ कम्पनीको शेयरमूल्य घटेको छ ।

त्यसैगरी, समाज लघुवित्त र उन्नती सहकार्य लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको मात्र ३९ करोड २८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री