कजारियाको नयाँ शोरूम वीरगंजमा उद्घाटन

काठमाडौं । भारतको नम्बर १ टायल ब्राण्ड कजारियाले नेपालको सीमावर्ती शहर वीरगंज, पर्सामा अत्याधुनिक शोरूमको उद्घाटन गर्दै आफ्नो बजार उपस्थिति थप मजबुत बनाएको छ। जय श्रीराम ट्रेड एण्ड कन्सर्नद्वारा सञ्चालित उक्त शोरूम श्रावण १६ गते उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादव प्रमुख अतिथि रहनुभएको थियो। कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको समेत उपस्थिति रहेको उक्त समारोहमा रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरिएको हो। मन्त्री यादवले वीरगंजमा कजारिया जस्तो प्रतिष्ठित ब्राण्डको आगमनलाई गौरवको विषय भन्दै यसले स्थानीय पूर्वाधार, डिजाइन आवश्यकतामा ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

शहरको प्रमुख व्यावसायिक केन्द्र ब्रम्ह चोकमा अवस्थित यस नयाँ शोरूममा कजारियाका प्रिमियम टाइल्सहरूको विस्तृत संग्रह उपलब्ध गराइएको छ। कम्पनीले नेपाली बजारमा जलप्रतिरोधी, दाग प्रतिरोधी तथा दीर्घकालीन टिकाउपनसहितको ३,००० भन्दा बढी विशेष डिजाइनमा आधारित टाइल्स उपलब्ध गराउँदै आएको छ।

कजारियाले नेपालमै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गर्दै नेपाली टायल उद्योगमा नयाँ मापदण्ड स्थापना गरेको छ। विश्वस्तरीय प्रविधिमा आधारित उत्पादनसहित, कम्पनीले ६०x१२० सेमी, ६०x६० सेमी, १९.५x१२० सेमी का ग्लेज्ड भिट्रीफाइड टाइल्स, हेभी ड्युटी टाइल्स र सिरामिक वाल टाइल्ससमेत वितरण गर्दै आएको छ।

हाल कजारियाको नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम तथा १०० भन्दा बढी आधिकारिक डिलर नेटवर्क फैलिएको छ। शोरूमको उद्घाटनसँगै कम्पनीले नेपालमा प्रिमियम टाइल्स बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने अपेक्षा लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री