मुक्तिनाथ विकास बैंकका ग्राहकलाई “एमएन अस्पताल” मा १५ प्रतिशत छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुलाई थप सुविधा प्रदान गर्न काठमाडौँको बसुन्धरामा रहेको “एमएन अस्पताल”सँग विशेष छुट दिने सम्झौतामा हस्ताक्षर गरेको छ। यस व्यवसायिक सम्झौतासँगै, बैंकका ग्राहकहरुले “एमएन अस्पताल” बाट प्राप्त हुने विभिन्न स्वास्थ्य सेवाहरूमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

यस सम्झौतामा समावेश गरिएका सेवाहरूमा अपरेसन, प्रयोगशाला, एक्स-रे, औषधी लगायतका सेवाहरू पर्दछन्। बैंकले यस सहकार्यलाई ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रूपमा प्राप्त गर्ने माध्यमको रूपमा हेरेको छ।

मुक्तिनाथ विकास बैंकले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ। यसबाहेक, बैंकले हालै मोबाइल एप “मुक्तिनाथ फाइदा एप” संचालनमा ल्याएको छ, जसले ग्राहकलाई विभिन्न सेवाहरूको सुविधा उपलब्ध गराउनेछ।

बैंकले आफ्नो मोबाइल बैंकिङ्ग, अनलाइन कर्जा आवेदन, खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स जम्मा गर्ने जस्ता सेवा पनि घरबाटै उपलब्ध गराएको छ। यसले ग्राहकलाई शाखामा उपस्थित नभई बैंकका विभिन्न कार्यहरू गर्न सक्ने व्यवस्था गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री