बीवाईडी फर्च्युन ग्लोबल सूचीको ९१औँ स्थानमा

काठमाडौं । बीवाईडी फर्च्युन ग्लोबलको सूचीको ९१औँ स्थानमा पर्न सफल भएको छ । सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलोपटक शीर्ष १०० भित्र परेको हो । सन् २०२४ मा १४३औँ स्थानमा थियो । सन् २०२२ यता बीवाईडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको छ ।

बीवाईडीका चार उद्योगको व्यापार चम्किएको थियो । कम्पनीको वार्षिक आम्दानी सात खर्ब ७७ अर्ब चिनियाँ यूआन (१४ खर्ब ३८ अर्ब रुपैयाँ) पुगेको थियो । यो बीवाईडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२४ मा न्यू इनर्जी भेहीकल (एनईभी)को बिक्रीमा पनि नयाँ रेकर्ड राखेको थियो । बीवाईडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बेच्दै ४१ प्रतिशतको वार्षिक वृद्धि गरेको थियो ।

सन् २०२४ मा बीवाईडीले अनुसन्धानमा ५४ अर्ब २० करोड यूआन खर्चिएको थियो । गत महिना कम्पनीले एक करोड ३० लाख युटिट सवारी बिक्री गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री