एनआईसी एशिया बैंकका ग्राहकहरूलाई लेट मेइनमा विशेष छुट उपलब्ध

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौँ नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालित कोरियन स्किन हस्पिटल लेट मेइन (Let Mein) मा विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

यस सम्झौतापछि यस बैंकका ग्राहकहरूले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरूले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरू (Hair transplant, Facial, Anti-aging treatment, Scar treatment, Acne treatment, Hyperbaric oxygen therapy) मा १० प्रतिशत र कोरियन उत्पादनहरूमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लेट मेइनसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री