काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि साउन २६ गते एक दिन लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निष्काशन गर्न साउन ९ गते अनुमति प्राप्त गरेको थियो । कम्पनीले शतप्रतिशत अर्थात ७० करोड रुपैयाँ बराबरको रु.१०० अंकित दरका कुल ७० लाख कित्ता हकप्रद जारी गर्नेछ ।
कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
तपाईंको प्रतिकृया




