काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नेपालमै पहिलो पटक ‘POS Machine’ मार्फत भुक्तानी गर्दा ‘इन्स्ट्यान्ट ईएमआई’ सुविधा ल्याएको छ ।
ग्राहक अनुभवलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले नेपालमै पहिलोपटक ‘NIMB POS Machine’ मार्फत भुक्तानी गर्दा ‘इन्स्ट्यान्ट ईएमआई’ सुविधा सुरु गरेको हो ।
अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा NIMB POS Machine’ मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी (EMI) सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
यो सुविधा ग्राहकवर्गहरूले ठुलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटबिनै तुरुन्तै उपलब्ध हुने बताइएको छ ।
बैंकले ‘इन्स्ट्यान्ट ईएमआई’ सुविधा सुरु गर्नुको उद्देश्य ग्राहकहरूलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउनु रहेको जनाएको छ । यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्ने बैंकले जनाएको छ ।
सरल प्रक्रियामार्फत स्वचालित रूपमा सुरु हुने यो सुविधा, डिजिटल बैंकिङप्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले हाल २७५ शाखा, २६५ एटिएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।




