काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कृत गर्न “स्टार एजेन्सी मिट २०८२” नामक प्रदेशस्तरीय प्रोत्साहन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौंको कोटेश्वरस्थित होटल ए वन भेन्यूमा आयोजित उक्त कार्यक्रममा बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका ७०० भन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसाय विधामा शीर्ष ३ स्थान हासिल गर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा कौशलटार रिजनका नमिता न्यौपाने, चाबहिल रिजनका रणबहादुर तामाङ, बनेपा रिजनका नारायण बहादुर गुरुङ र पाटन रिजनका योगेन्द्र महर्जन रहेका छन् । उनीहरुले आफ्नो सफलताको श्रेय निरन्तरको मिहिनेतलाई दिँदै आगामी वर्ष पनि उत्कृष्टता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा व्यवसायमा बीमा सल्लाहकारहरूको भूमिका अपरिहार्य रहेको बताए । उनले कार्यक्रमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी यस वर्ष कम्पनीलाई अझ नयाँ उचाइमा पुर्याउन अभिकर्ताहरूलाई उत्प्रेरित गरेका थिए । सोही अवसरमा कँडेलले आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७०० करोडभन्दा बढीको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन गरे ।
कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले अभिकर्ताहरूका लागि आवश्यक पर्ने सीप र कलाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमलाई थप ज्ञानबर्द्धक बनाउन नेपालका चर्चित उत्प्रेरक सुदिप बस्नेतलाई आमन्त्रित गरिएको थियो । बस्नेतले बिक्री कलामा सहयोगी हुने महत्वपूर्ण बानीहरूको आवश्यकता र महत्त्वबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुखहरुको पनि उपस्थिति रहेको थियो, जसले कार्यक्रमको गरिमालाई अझ बढाएको थियो ।




