विवाहित युवकसँग ‘लिभिङ टुगेदर’मा बसेकी युवतीको हत्या

काठमाडौं । नेपालगञ्जमा एक युवकले प्रेमिकाको हत्या गरेका छन् । युवकले दैलेख घर भई नेपालगञ्जको बीपीचोकस्थित सुनाखरी रेस्टुरेन्टमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या गरेका हुन् ।

बेलासपुरस्थित कोठामा सलले घाँटी कसेर उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । युवती हत्या आरोपमा बर्दिया घर भई नेपालगन्जस्थित स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति हत्या गरी प्रकाशले निर्मलाको बहिनीलाई फोन गरेर हत्याको जानकारी दिएका प्रहरीले जनाएको छ । निर्मलाको हत्यापछि राति २ बजे उनी आफै जिल्ला प्रहरी कार्यालय बाँके पुगेर आफूले प्रेमिकाको हत्या गरेको जानकारी गराएका थिए ।

प्रकाश विवाहित रहेको खुलेको प्रहरीले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी बर्दियामा छन् । प्रकाश र निर्मला विगत तीन वर्षदेखि नेपालगञ्ज-१२ बेलासपुरमा सँगै बस्दै आएको पाइएको छ । अहिलेसम्म हत्याको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री