प्राइम बैंकले १० वर्षदेखि निष्क्रिय रहेका शून्य मौज्दात खाता बन्द गर्ने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले १० वर्षदेखि कारोबार नभएका शून्य मौज्दात (जिरो ब्यालेन्स) रहेका सम्पूर्ण खाताहरू बन्द गर्ने निर्णय गरेको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै यस्ता खातावालहरूलाई सात दिनभित्र सम्बन्धित शाखामा सम्पर्क गरी आफ्नो खाता सुचारु गराउन आग्रह गरेको हो।

बैंकले लामो समयदेखि निष्क्रिय रहेका खाता व्यवस्थापन गर्न तथा बैंकिङ प्रणालीलाई पारदर्शी, सुरक्षित र दिगो बनाउने उद्देश्यसहित यस्तो निर्णय लिएको जनाएको छ। सूचना अनुसार, तोकिएको अवधिमा सम्पर्क नभएमा ती खाताहरू स्वतः बन्द गरिनेछन्।

विगत एक दशकदेखि कुनै कारोबार नभएका र खातामा शून्य मौज्दात रहेको अवस्थालाई हेर्दा बैंकको प्रणालीमा अनावश्यक बोझ थपिएको जनाउँदै, प्राइम बैंकले खाता अद्यावधिक नगर्ने उपभोक्तालाई सात दिनभित्र निकटतम शाखा कार्यालय पुग्न अपिल गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री