सुनको मूल्य दुई लाख नजिक, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबार दिन पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सयले बढेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन मंगलबार सुन १ लाख ९५ हजार ५ सय रुपौयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि ३० रुपौयाँले बढेर २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी २ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री