काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।
छापावाल सुनको मूल्य तोलाको १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो करोबार दिन सोमबार सुन १ लाख ९३ हजार ७ सय रुपौयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर २ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार पनि चाँदी २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया



