काठमाडौं । एसपीजी अटोमोबाइल्स प्रा.लि. ले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी जेइको जे–५ सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा ई–५ र जेइको जे–६ ईभी लाइनअपसँगै नयाँ जेइको जे–५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिसहित नेपाली विद्युतीय सवारी बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
एडभेन्चरस यात्राका लागि डिजाइन गरिएको जेइको जे–५ मा आरामदायी सुविधासँगै अल–रोड–रेडि रगेड बनावट र डिजाइनको संयोजन गरिएको छ । यसको शार्प एंगुलर डिजाइन ‘रेन्ज रोभर’को डिजाइनसँग तुलनायोग्य छ । साथै, यसमा लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमै उत्कृष्ट इन्कोर्पोरेट गरिएको प्यानोरामिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामेरा र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्चस्तरीय सुविधाहरू छन्, जसले यसलाई सहरी यात्रा र हल्का अफ–रोड दुवैका लागि उपयुक्त बनाउँछ ।
जे–५ को भित्री भाग पनि अत्यन्तै फराकिलो र सुविधासम्पन्न छ । यसमा कनेक्टेड कार टेक्नोलोजी भएको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्स्ट्रुमेन्ट क्लस्टर, १३२० मिलिमिटर चौडा दोस्रो पंक्तिको सिट, २५६–कलर एम्बियन्स लाइटिङ, ४८० लिटरको ट्रंक स्पेस र ३६ वटा इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्ट राखिएको छ । यसको लम्बाइ ४३८० मिलिमिटर, चौडाइ १८६० मिलिमिटर र उचाइ १६५० मिलिमिटर छ भने १८–इन्चको एलोय ह्विल्स जडान गरिएको छ ।
१५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्री प्याकबाट सञ्चालित यस एसयूभीले एकपटक चार्जमा ४०२ किलोमिटरको डब्लूएलटीपी सर्टिफाइड रेन्ज प्रदान गर्दछ । चालक र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यसमा लेभल २ एडास अन्तर्गत फरवार्ड कोलिजन वार्निङ, ब्लाइन्ड स्पट मनिटरिङ, इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सी ब्रेकिङ र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा फिचर राखिएका छन् ।
नाइमा २०२५ मा जेइको जे–५ सार्वजनिक गर्दै कम्पनीले नेपालको ईभी बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने लक्ष्य लिएको जनाएको छ । पर्फमेन्स, प्रविधि र लक्जरीसँगै आउटडोर एडभेन्चरका लागि उपयुक्त रगेड डिजाइनका साथ, जेइको जे–५ ले नेपाली ग्राहकहरूका लागि उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयूभीको परिचय दिन तयार भएको कम्पनीले बताएको छ ।




