काठमाडौं । सानिमा बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकलाई लक्षित ‘महाबचत बजार २०८२’ योजना सार्वजनिक गरेको छ। श्रावण २ देखि १५ गतेसम्म लागू हुने १४ दिने योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजमार्फत अनलाइन खरिद गर्दा विशेष छुट प्राप्त गर्नेछन्।
बैंकका अनुसार ग्राहकहरूले सानिमा डेबिट कार्डबाट अग्रिम भुक्तानी गर्दा १०% छुट अथवा अधिकतम रु ५०० सम्मको लाभ लिन सक्नेछन्। त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताले १५% छुट अथवा अधिकतम रु ७५० सम्म छुट पाउनेछन्।
छुट पाउन ग्राहकले दराज एप वा वेबसाइटबाट सानिमा बैंकको वाउचर कोड प्राप्त गर्नुपर्नेछ। साथै, क्रेडिट कार्डधारकले इएमआई (EMI) सुविधा पनि प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ, जसले महँगो सामग्री खरिदमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
सानिमा बैंकले ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्दै आएको छ। यस किसिमको सहकार्यले ग्राहकलाई मूल्य छुटको सुविधा मात्र होइन, सुरक्षित तथा प्रभावकारी डिजिटल कारोबार अनुभव दिलाउने विश्वास बैंकले लिएको छ। दराजजस्तो अग्रणी ई–कमर्स प्लेटफर्मसँगको सहकार्यले वित्तीय समावेशीकरण र डिजिटल कारोबार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।




