धुम्बाराहीमा सुविधासम्पन्न होटल स्मार्ट सञ्चालनमा, राजेश हमालसहित सेलिब्रेटीहरूले गरे उद्घाटन

काठमाडौँ । काठमाडौँको धुम्बाराही चोकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ। सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि अभिनेता राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरूको बाक्लो उपस्थिती रहेको थियो।

हमालले होटलको मुख्य प्रवेशद्वारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर गरेका थिए भने गायक प्रमोद खरेलले दोश्रो प्रवेशद्वार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्वय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर, द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन, र अर्का सञ्चारकर्मी सुशिल नेपालले रुफ टप बारको उद्घाटन गरेका थिए।

‘यदि तपाईहरुलाईं यो होटल मन पर्यो भने पक्कै पनि तपाईंहरुलाई मेरो घर पनि मन पर्नेछ किन कि यो होटल जसले बनाउनु भएको हो मेरो नयाँ घर पनि उहाँहरुले बनाउनु भएको हो’ नायक राजेश हमालले होटल उद्घाटन कार्यक्रममा भने। हमाल गत वैशाख १ गते देखि बूढानीलकण्ठ स्थित नयाँ घरमा बस्दै आएका छन्।

यसैगरी प्रकाश सुवेदीले मुख्य हाइवेमै यति धेरै सुविधा सहितको होटल निर्माण हुनु प्रशंसनीय रहेको बताए। गायक प्रमोद खरेल सहित मेलिना राई, मिलन नेवारले द भ्वाइसको स्टूडियो नजिकै रहेका कारण रिफ्रेशमेन्टका लागि यो होटल पायक पर्ने बताए।

करिब ४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठा सहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रुप टप गार्डेन र रेष्टुरेन्ट छ।

होटललाई ३५ वर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो। उद्घाटनका क्रममा सुरेशले भने, ‘यो होटल सबै वर्गका ग्राहक लक्षित छ। एकै ठाउँमा धेरै सुविधा र ग्राहक मैत्री छ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री