काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट उदाएर लाखौँको मन जितेको चर्चित जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । नेपालका आयुष र पाकिस्तानकी एलिजेले सोमबार काठमाडौं जिल्ला अदालतमा कानुनी रूपमा विवाह गर्दै दाम्पत्य जीवनको सुरुवात गरेका हुन् ।
लामो समयदेखिको प्रेमलाई औपचारिक नाम दिँदै उनीहरूले कानुनी प्रक्रिया पूरा गरेपछि अदालत बाहिर परम्परागत दुबोको माला साटासाट गरेका थिए । विवाहपछि दुवैले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत तस्बिरहरू सार्वजनिक गर्दै फ्यान तथा शुभचिन्तकहरूलाई जानकारी दिएका छन् ।
यो अन्तरदेशीय जोडीले करिब एक वर्षअघि दुबईमा भव्य समारोहबीच इन्गेजमेन्ट गरेको थियो । दुबईमा बस्दै आएकी एलिजे विवाहका लागि नै नेपाल आएकी हुन् र अब उनी आयुषसँगै काठमाडौंमा बस्नेछिन् ।
तपाईंको प्रतिकृया




