‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न, अब्बल संस्था र व्यक्तित्व सम्मानित

काठमाडौं । शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने संस्था तथा व्यक्तित्वहरूलाई कदर गर्दै तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ भव्यताका साथ सम्पन्न भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले शुक्रबार ललितपुरमा आयोजना गरेको गरिमामय समारोहमा सामुदायिक तथा संस्थागततर्फका उत्कृष्ट विद्यालयदेखि शिक्षा क्षेत्रका नक्षत्रसम्मलाई सम्मान गरियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डको मूल्याङ्कनमा देशकै सर्वाेत्कृष्ट सामुदायिक विद्यालयको रूपमा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालय सम्मानित भयो । संस्थागततर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलको एनसीसीएस सेकेन्डरी स्कुल र कालोपुलको जेभियर इन्टरनेसनल कलेजले उत्कृष्टताको उपाधि चुमे ।

समारोहको सबैभन्दा प्रतिष्ठित सम्मान ‘शिक्षा क्षेत्रका प्रोज्ज्वल नक्षत्र २०८२’ बाट शिक्षासेवी तथा उद्यमी उमेश श्रेष्ठलाई विभूषित गरियो । भोजपुरको सामान्य परिवेशबाट काठमाडौं आई लिटिल एन्जल्स एजुकेशन ग्रुपजस्तो अग्रणी शिक्षण संस्था स्थापना गरेका श्रेष्ठको शैक्षिक यात्रा र हिसान तथा प्याब्सनको नेतृत्वदेखि सांसदको रूपमा नीति निर्माणसम्मको योगदानको उच्च प्रशंसा गर्दै सम्मान प्रदान गरिएको थियो ।

पुरस्कार वितरणअघि ‘के नेपाल शैक्षिक हब बन्न सक्छ ?’ भन्ने महत्त्वपूर्ण विषयमा एक विचारोत्तेजक सत्र सञ्चालन गरिएको थियो । पूर्वशिक्षामन्त्री विद्या भट्टराई, संसदीय समितिका सभापति अम्बरबहादुर थापा, गेट कलेजका संस्थापक खेमराज लकाई र इक्यानका अध्यक्ष शेषराज भट्टराई सम्मिलित प्यानलले ‘स्टडी इन नेपाल’ अभियानलाई सफल बनाउन राज्यको नीतिगत कमजोरी मुख्य बाधक रहेको निष्कर्ष निकाल्दै यसलाई चिर्न सामूहिक प्रयासमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, चौधरी ग्रुपका प्रबन्ध निर्देशक अरुण चौधरी र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराललाई ‘शिक्षा विशेष सम्मान’ प्रदान गरियो । त्यसैगरी, शिक्षाविद् प्रा. डा. प्रकाशमान श्रेष्ठ, प्रा. डा. गणेश बहादुर सिंह र गेट कलेजका संस्थापक खेमराज लकाईलाई ‘शिक्षा सम्मान’ बाट कदर गरियो ।

आयोजक केन्द्रबिन्दु अनलाइन मिडियाले शैक्षिक उत्कृष्टताप्रति आफ्नो अटल प्रतिबद्धता जनाउँदै देशभरका अब्बल शैक्षिक संस्थाहरूलाई सम्मान गरिएको जनाएको छ ।

अवार्डबाट सम्मानित अन्य प्रमुख संस्थाहरू

विभिन्न विधामा सम्मानित संस्थागत विद्यालयहरू:

  • काठमाडौं मोडल सेकेन्डरी स्कुल (बालकुमारी): बेस्ट परफर्मेन्स एक्सेलेन्स अवार्ड

  • ट्रिनिटी इन्टरनेशनल एसएस एण्ड कलेज: बेस्ट एकेडेमिक इनभाइरन्मेन्ट अवार्ड

  • पिनाकल एकेडेमी एसएस कलेज: कन्सिस्टेन्ट एकेडेमिक परफर्मेन्स अवार्ड

  • मूनलाइट सेकेन्डरी स्कुल: कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेशन अवार्ड

  • काठमाडौं बर्नहार्ट कलेज: बेस्ट हिस्टोरिकल अचिभमेन्ट्स अवार्ड

  • ओमेगा इन्टरनेसनल कलेज: आउटस्ट्यान्डिङ परफर्मेन्स अवार्ड

  • मनास्लु वल्र्ड कलेज: प्रेस्टिजियस प्लस टु अवार्ड

  • टेक्सास इन्टरनेसनल कलेज: बेस्ट इनोभेटिभ टिचिङ्ग प्राक्टिस अवार्ड

  • समृद्धि स्कुल: बेस्ट लर्निङ्ग सेन्टर अवार्ड

  • ब्रिजवाटर इन्टरनेशनल कलेज: डाइनामिक एजुकेसन लिडरसिप अवार्ड

  • अरनिको आवासीय सेकेन्डरी स्कुल: रिजनल प्रेस्टिज अवार्ड

  • मदरल्याण्ड सेकेन्डरी स्कुल: रिजनल प्रेस्टिज अवार्ड

  • मोर्गन इन्टरनेसनल कलेज: आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड

उत्कृष्ट प्लस टु अवार्ड विजेताहरू:

काठमाडौं मोडेल सेकेण्डरी स्कुल (बागबजार), युनाइटेड एकेडेमी (ललितपुर), रिलायन्स इन्टरनेसनल एकेडेमी (चाबहिल), जेभियर इन्टरनेसनल एकेडेमी (लाजिम्पाट), किस्ट कलेज एण्ड स्कुल (कमलपोखरी), लिभरपुल इन्टरनेसनल कलेज (नयाँ बानेश्वर), लिटल एन्जल्स स्कुल (ललितपुर), भीएस निकेतन कलेज (तीनकुने), ट्रिटन एसएस कलेज (बालकुमारी), नेपाल मेगा कलेज (बबरमहल), नेपाल काष्ठमण्डप एसएस कलेज (कलंकी), आइएसटी सेकेण्डरी स्कुल (ज्ञानेश्वर) ।

प्रदेशअनुसार उत्कृष्ट सामुदायिक विद्यालयहरू:

  • कोशी प्रदेश: गोल्मादेवि माध्यमिक विद्यालय, ओखलढुंगा

  • मधेश प्रदेश: विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, रौतहट

  • बाग्मती प्रदेश: विश्व निकेतन माध्यमिक विद्यालय, काठमाडौं

  • गण्डकी प्रदेश: अमरसिंह माध्यमिक विद्यालय, कास्की

  • लुम्बिनी प्रदेश: श्री माध्यमिक विद्यालय, दाङ

  • कर्णाली प्रदेश: सारदा जनकल्याण माध्यमिक विद्यालय, सल्यान

  • सुदूरपश्चिम प्रदेश: ज्ञानेश्वर माध्यमिक विद्यालय, बैतडी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री