काठमाडौँ । अविरल वर्षापछि आएको बाढीका कारण रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
प्रहरीका अनुसार, उद्धार गरिएका व्यक्तिहरूमध्ये २ जना नेपाल प्रहरीका जवान थिए भने बाँकी ७ जना स्थानीय बासिन्दा थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले समयमै उद्धार गरेर उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।
तपाईंको प्रतिकृया




