एलिना चौहानबारे अमर्यादित ‘कमेन्ट’ गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा गायिका एलिना चौहानबारे अमर्यादित कमेन्ट गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोको टोलीले चितवन घर भई ललितपुरको बडेगाउँ बस्ने ३३ वर्षीय गुञ्जन राईलाई ललितपुरबाट पक्राउ गरेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

एलिनाले चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकी थिइन् । उनीहरूमध्ये केही विदेशमा रहेको खुलेको छ । एक जना पक्राउ परेलगत्तै ब्युरोले जाहेरीका लागि एलिना चौहानलाई ब्युरोमा बोलाएको छ । ‘अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु,’ उनले भनेकी थिइन् । अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताएकी थिइन् ।

एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन् । यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाको भनाइ थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री