जापानमा छक्का पञ्जा ३ प्रदर्शन

काठमाडौँ । यस वर्षकै सर्बाधिक सफल सिनेमा छक्का पञ्जा ३ जापानमा प्रदर्शन गरिएको छ। जापानको चिबाको फुनाबाशिमा १३ डिसेम्बरमा प्रदर्शनमा गरिएको सिनेमा हेर्न दर्शकको भिड लागेको थियो।

सिनेमा हाँस्यव्यङ्ग्यका साथै शिक्षावद्र्धक रहेको भन्दै दर्शकले सिनेमाको प्रशंसा गरेका टुकी इन्टरनेमेन्टले जनाएको छ। छक्का पञ्जा ३ जापानको लागि ओभरसिज राइट्स सूर्य नेपालले किनेको हो भने टुकी इन्टरनेमेन्टले प्रदर्शन गरेको हो।

छक्का पञ्जा ३ हेर्ने दर्शकको उपस्थितीले आफूलाई खुशी बनाएको भन्दै टुकी इन्टरनेमेन्टका अध्यक्ष रमेशकुमार खत्रीले बताएका छन्। उनले आगामी दिनमा अन्य नेपाली सिनेमा पनि जापानको चिबामा नेपाली दर्शकका लागि प्रदर्शन गरिने बताए। छक्का पञ्जा ३ ले ५१ औँ दिन मनाइसकेको छ भने हालसम्म १७ करोड माथिको ग्रस कलेक्सन गरेको छ।

दिपा श्री निरौला निर्देशित सिनेमा छक्का पञ्जा ३ ले नेपालको शैक्षिक क्षेत्रमा विद्यमान विकृती विसंगतिप्रति कटाक्ष गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री