काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद रामअयोध्या यादवको निधन भएको छ । संविधानसभा सदस्य यादवको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो ।
बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँका यादवको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको उनका छोरा डा जितेन्द्र यादवले सञ्चारमाध्यमलाई बताएका छन् । मधुमेह रोगबाट लामो समयदेखि पीडित यादव २०७० सालको दोस्रो संविधान सभामा बारा १ बाट निर्वाचित भएका थिए ।
उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए । उनकी श्रीमती, २ छोरा र २ छोरी छन् ।
तपाईंको प्रतिकृया




