ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

काठमाडौं । पूर्व पश्चिम राजमार्थअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतीय लरी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् । बनारसवाट हेटौंडा–१५ स्थित रिद्धिसिद्धि सिमेन्ट उद्योगका निम्ति कोइला लिएर आएको यूपी ६१ एटी ०९६२ नम्बरको ट्रक ब्रेक फेल भएर दुर्घटना हुँदा नाम थर नखुलेका चालकको ट्रकमै च्यापिएर मृत्यु भएको हो ।

सहचालक भारत गाजिपुरका २६ वर्षीय मनोज यादव घाइते भएका छन् । उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । मंगलबार बिहान साढे २ बजे रातोमाटेको चार्जिङ स्टेसन नजिकै ब्रेकफेल भएर ट्रक पल्टिएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री