काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वशैलीप्रति कडा असन्तुष्टि जनाउँदै अनुशासन, संगठन, गठबन्धन, भ्रातृ संस्था, र आन्तरिक लोकतन्त्रका विषयमा स्पष्ट जवाफ माग गरेका छन्।
सोमबारदेखि सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले सशक्त चेतावनी दिंदै भने – “मैले पार्टी एकढिक्का होस् भन्ने चाहेको हो, तर मेरो सहनशीलतालाई कमजोरी नठानियोस्।”
कोइरालाले पार्टीभित्र देखिएको असन्तुलन, मनपरी र अलोकतान्त्रिक कार्यशैलीप्रति टिप्पणी गर्दै भने, “मैले कहिल्यै पार्टी विभाजनको सोच गरेको छैन। पार्टी एक ढिक्का होस् भनेर सहमति बनाउँदै हिँडेको छु। म सहमतिमा जान्छु, तर अलोकतान्त्रिक कुरा हुन्छ भने त्यो मान्दिनँ।”
तपाईंको प्रतिकृया




