सर्पकाे टाेकाइबाट एकजनाको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको सर्पदंशका कारण ज्यान गएको छ। गएकाे राति करीब १०:१५ बजे आफ्नै घरको आँगनमा नाम नखुलेको सर्पले बुढालाई दाहिने खुट्टामा टोक्दा उनी गम्भीर घाइते भएका थिए।

परिवारका सदस्यहरूले उनलाई तत्कालै सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए। उपचारका क्रममा आज दिउँसो २:३५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप