काठमाडौं । मेटलाइफ नेपालले जीवन बीमा ग्राहकहरूको वित्तीय सुरक्षा पुनः सुनिश्चित गर्न बीमालेख पुनर्जागरण अभियान सुरु गरेको छ। कम्पनीले म्याद गुज्रेका बीमालेख पुनः सक्रिय गर्न चाहने पुराना ग्राहकहरूलाई लक्षित गरी यो अभियान सञ्चालनमा ल्याएको हो।
मेटलाइफका अनुसार म्याद गुज्रिएको पाँच वर्षसम्मका बीमालेखमा १०० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिनेछ भने पाँच वर्षभन्दा बढी समयसम्म नवीकरण नगरिएका बीमालेखमा ६० प्रतिशतसम्म विलम्ब शुल्क मिनाहा गरिनेछ। कम्पनीले यसलाई दीर्घकालीन आर्थिक सुरक्षाको दिशामा गरिएको महत्त्वपूर्ण पहलका रूपमा लिएको छ।
तपाईंको प्रतिकृया



