सानिमा रिलायन्स लाइफले गर्‍यो सीप विकास कार्यक्रम

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि गर्न बर्दियामा दुईदिने सीप विकास तालिम सम्पन्न गरेको छ। कार्यक्रम जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा आयोजना गरिएको थियो।

तालिमलाई थप प्रभावकारी बनाउन भारतका अनुभवी प्रशिक्षक विजय कुमार झा लाई विशेष रूपमा आमन्त्रित गरिएको थियो। झा एक प्रख्यात मोटिभेसनल स्पिकर तथा सेल्स ट्रेनर हुन्, जसले भारत लगायत विश्वका विभिन्न देशहरूमा बीमा अभिकर्ताहरुलाई तालिम दिइसकेका छन्। उनले भारतकै ठूला जीवन बीमा कम्पनीहरूसँगको अनुभवलाई आधार बनाएर अभिकर्ताहरुलाई व्यवहारिक सीप प्रदान गरे।

तालिममा झाले जीवन बीमाको उद्देश्य, ग्राहकसँगको सम्बन्ध निर्माण, आपत्ति व्यवस्थापन, दीर्घकालीन सम्बन्ध विस्तार लगायतका विषयमा स्पष्ट र प्रयोग गर्न सकिने ज्ञान बाँडे। सहभागीहरूले तालिम अत्यन्त प्रेरणादायी र व्यवहारिक भएको अनुभव गरेका छन्।

८० भन्दा बढी अभिकर्ताहरू सहभागी रहेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, विभिन्न प्रमुख व्यवसायिक अधिकारी, क्षेत्रीय प्रबन्धक लगायत सुदूरपश्चिम, कर्णाली, बाँके र बर्दिया क्षेत्रका शाखा तथा उपशाखाका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी पाण्डेले तालिमको महत्वलाई जोड दिंदै सिकेका कुरालाई कार्यान्वयनमा ल्याउन आग्रह गरे। उनले प्रशिक्षणमार्फत प्राप्त सीप र ज्ञानलाई व्यवसायिक लक्ष्य हासिल गर्न प्रयोग गर्नुपर्ने धारणा राखे।

त्यस्तै, नायव प्रमुख कार्यकारी कंडेलले भने, “यसरी प्रदान गरिने सीप विकास तालिमहरूले अभिकर्ताहरूमा आत्मविश्वास बढाउँछ, व्यवहारिक क्षमता विकास गर्छ, जसले बीमालेख बिक्री दर वृद्धिमा सहयोग पुर्‍याउँछ।”

कार्यक्रमले अभिकर्ता र कर्मचारीहरूको व्यावसायिक दक्षता बढाउन सहयोग पुर्‍याएको कम्पनीले विश्वास लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री