सलाहकाे उत्कृष्ट प्रदर्शनमा लिभरपुलकाे चार अंक

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चार अंकको अग्रता लिएको छ ।

शुक्रबार राति भएको खेलमा उल्भरह्याम्टनलाई २–० ले हराउँदै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी चार अंकमा लम्ब्यायो । यद्यपी सिटीले एक खेल कम खेलेको छ ।

उलभरह्याम्टनको मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउनका लागि मोहम्मद सलाहको प्रदर्शन उत्कृष्ट रह्यो । १८औं मिनेटमा सलाहले फाविन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

६८औं मिनेटमा भर्जिल भ्यान जिकले गोल गर्दा सलाहले एसिस्ट गरेका थिए । जीतसँगै लिभरपुलले ४८ अंक बनाएको छ । उल्भरह्याम्टन भने २५ अंक सहित सातौं स्थानमा छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री