सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित लेकसाइडको टिका रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ताले टिका रिर्सोटमा सेवा लिँदा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

सो सम्झौताबाट बैंकका ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास बैंकले लिएको छ। साथै, यस किसिमको सहकार्य नगद कारोबारबाट डिजिटल कारोबारतर्फ लैजाने महत्त्वपूर्ण माध्यम हुने बैंकको भनाइ छ। डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले सिटिजन्स बैंकले समय–समयमा विभिन्न छुट, अफर तथा सहकार्यको कार्यक्रम ल्याउँदै आएको छ।

बैंकले ग्राहकमैत्री सेवा र डिजिटल कारोबारको विस्तारका लागि साझेदार रिर्सोट, होटल, रेष्टुरेन्ट तथा अन्य सेवाप्रदायकहरूसँग सहकार्य गर्दै आएको छ। डिजिटल कारोबार गर्दा पाइने यस्ता छुट र सुविधासम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले जानकारी दिएको छ।

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएका यस्ता सहकार्यहरूले बैंकिङ्ग क्षेत्रलाई मात्र नभई सेवा क्षेत्रलाई समेत प्रत्यक्ष फाइदा पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री