काठमाडौं । गीतकार खगेन्द्र दाहालको शब्द रचना रहेको गीत ‘ख्याल ख्यालैमा हरायौं’ सार्वजनिक भएको छ । सञ्जीवकुमार पौडेल र मेलिना राईको स्वर, सञ्जिवकै संगीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज र प्रकाश मिश्रको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन रहेको गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको सिनेमेटोग्राफी रहको भिडियोमा लक्षमण चौहानको दृश्य सम्पादन छ । गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्यालख्यालैमा एकअर्कामा हराएको भाव व्यक्त गरिएको छ । भावनात्मक शब्द, समधुर संगीत र आकर्षक भिडियो संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ ।
उत्कृष्ट शब्द, संगीत र स्वर रहेको गीत जति समधुर छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । गीतको भिडियो गायक पौडेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । पौडेलका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् ।




