राइड सेयरिङविरुद्धको हड्ताल : गृहमन्त्रीसँग व्यवसायीको छलफल जारी

काठमाडौं । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सेवा सञ्चालनका लागि अनुमति दिएसको विरोधमा उत्रिएका यातायात व्यवसायीहरू र गृहमन्त्री रमेश लेखकबीच छलफल जारी छ ।

गृहमन्त्रालयमा केही समयअघि सुरु भएको वार्तामा आन्दोलन फिर्ता गराउने प्रयास भइरहेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नेतृत्वमा व्यवसायीहरूले सोमबार देशभर सार्वजनिक यातायात बन्द गराएका छन् । चक्काजामका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरका सडकमा सार्वजनिक गाडी चल्न सकेका छैनन् ।

काठमाडौंका सडकहरू सामान्य दिनमा भन्दा सुनसान देखिएका छन् । सार्वजनिक बस, माइक्रो, टेम्पो पूर्ण रूपमा ठप्प छन् भने निजी सवारीसाधन, मोटरसाइकल र केही ट्याक्सी मात्र चलेका छन् । कतिपय यात्रु विकल्पको खोजीमा राइड सेयरिङ प्लेटफर्म ‘पठाओ’ लगायत सेवा प्रयोग गर्दैछन् भने कोही पैदल नै गन्तव्यतर्फ हिँडिरहेका छन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीमार्फत निजी प्रयोजनका सवारीसाधनलाई राइड सेयरिङ तथा भाडाका सवारीसरह प्रयोग गर्न दिने प्रावधानको विरोधमा व्यवसायीहरू आन्दोलित भएका हुन् । उनीहरूले उक्त नियमावली खारेज गर्न माग गर्दै देशभर यातायात ठप्प पारेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सवारीसाधनहरू सामान्य दिनको तुलनामा निकै कम चलेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री