जीवन बीमा ई-सेवाबाट नवीकरण गर्दा नगद उपहार

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले जीवन बीमा नवीकरणमा विशेष अफर ल्याएको छ। ई–सेवाबाट नेपालको कुनै पनि जीवन बीमा कम्पनीको पोलिसी नवीकरण गर्ने एक भाग्यशाली विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने कम्पनीले जनाएको छ।

यसका साथै १४ जीवन बीमा कम्पनीका एक–एक जना पोलिसीहोल्डर, एजेन्ट र शाखा कार्यालयलाई पनि विशेष उपहारको व्यवस्था गरिएको छ।

जेठ १५ देखि असार ३२ सम्म चल्ने यस अफर अवधिभर, ई–सेवामार्फत जीवन बीमा नवीकरण गर्ने सबै प्रयोगकर्ताहरू स्वतः यो पुरस्कारका लागि योग्य हुनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप