पहिरोले कान्ति लोकपथ अवरुद्ध, सयौँ यात्रु अलपत्र

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-८, भर्‍याङडाँडामा सुक्खा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको छ । बिहीबार बिहान करिब ३ बजे ढुङ्गासहितको पहिरो खसेपछि काठमाडौँ-हेटौँडा जोड्ने यो छोटो दूरीको मार्ग पूर्ण रूपमा बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पहिरोका कारण सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

कान्ति लोकपथ काठमाडौँ उपत्यकालाई हेटौँडा तथा तराईका अन्य जिल्लासँग जोड्ने वैकल्पिक र छोटो मार्गको रूपमा परिचित छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप