प्रभु लाइफ इन्स्योरेन्सको ‘श्रीवुद्धि जीवन बीमा’ योजना

काठमाडौं ।  प्रभु लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना“श्री वृद्घि जीवन बीमा योजना” सार्वजनिक गरेको छ ।

विहीबार सम्पन्न एक कार्यक्रमका बीच कम्पनी संचालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेले उक्त नयाँ जीवन बीमा योजना सार्वजनिक गरे ।

यस योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्धि हुँदै जानेछ । तर बीमा शुल्क(प्रिमियम) भने जीवन बीमा अवधि भरि नै सधैँ एउटै हुने इन्स्योरेन्सले जनाएको छ ।

साथै, इन्स्योरेन्सका बीमितले २० वर्षमा बीमा रकम र बोनस सहित बीमाङ्कको करिब ३ गुणा रकम एकमुष्ठ फिर्ता पाउने इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले बताएका छन् ।

सो योजनामा न्यूनतम बीमाङ्क एक लाख रुपैयाँ र अधिकतम बीमाङ्क जति पनि हुने छ । कम्पनीले १० वर्षदेखि अधिकतम ६० वर्ष उमेरका व्यक्तिहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । त्यस्तै, न्यूनतम बीमा अवधि १० वर्ष र अधिकतम २० वर्ष रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप