बजेटबारे राष्ट्रपति पौडेललाई अर्थमन्त्रीद्वारा ब्रिफिङ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका मुख्य प्राथमिकता र प्रावधानहरूबारे जानकारी गराएका छन् । सरकारले संवैधानिक व्यवस्थाअनुरूप यही जेठ १५ गते, बिहीबार संघीय संसद्‌मा बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको सन्दर्भमा अर्थमन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर उक्त ब्रिफिङ गरेका हुन् ।

राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएअनुसार, भेटका क्रममा अर्थमन्त्री पौडेलले बजेटका प्रमुख उद्देश्य, स्रोत व्यवस्थापन, विभिन्न क्षेत्रगत विनियोजनका साथै मुलुकको वर्तमान आर्थिक अवस्था र बजेटले सम्बोधन गर्न खोजेका चुनौतीहरूबारे विस्तृत जानकारी गराएका थिए । संवैधानिक परम्पराअनुसार, सरकारले ल्याउने वार्षिक बजेटबारे राष्ट्र प्रमुखलाई जानकारी गराउने प्रचलन रहेको छ । यसै अनुरूप अर्थमन्त्रीले बजेट सार्वजनिक हुनु केही दिनअघि राष्ट्रपतिलाई भेटेर बजेटका मूलभूत विषयमा अवगत गराएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटले मुलुकको आर्थिक वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सामाजिक न्याय तथा सुशासन जस्ता विषयलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री