नबिल बैंकको मोबाइल बैंकिङ एपबाट ‘हाम्रो पे’ वालेटमा रकम लोड गर्न सकिने

काठमाडौं । हाम्रो पात्रोको डिजिटल वालेटमा अब नबिल बैंकको मोबाइल बैंकिङ एपबाट रकम लोड गर्न सकिने भएको छ। ‘हाम्रो पे’ वालेट र बैंकबीच यससम्बन्धी समझदारी भएको हो।

योसँगै नबिल बैंकका ग्राहकहरुले एपबाट सिधै हाम्रो पे वालेटमा पैसा लोड गर्न पाउनेछन्। त्योसँगै ग्राहकले सो वालेटले दिँदै आएको पैसा फिर्ता योजना र अफरहरुको फाइदा लिन पाउनेछन्।

कम्पनीका अनुसार वालेटमा नबिल बैंक लिंक गर्ने सुविधा समेत थप्ने तयारी भइरहेको छ। त्योसँगै आफ्नो खाता लिंक गरी ग्राहकले सहजै रकम स्थानान्तरण र अन्य वित्तीय कारोबार गर्न सक्नेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री