काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




