नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ बन्द, सहभागी ब्रान्डको भीड

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले “Empowering Growth through Mobility” भन्ने सन्देशसहित आयोजना गर्न लागेको नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि स्टल बुकिङ बन्द भएको छ। यहि साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६–१०, २०२५) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोका लागि उपलब्ध ४४ स्टलमा ४८ वटा आवेदन प्राप्त भएपछि आयोजकले अतिरिक्त स्टलको व्यवस्था गर्नु परेको जानकारी दिएको छ।

NAIMA की अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार यो एक्स्पोले नेपालका मोबिलिटी क्षेत्रमा क्रान्तिकारी सोच प्रस्तुत गर्नेछ र आगन्तुक तथा प्रदर्शक दुवैका लागि नयाँ अनुभव दिनेछ।

नेपालको मोबिलिटी क्षेत्रको साझा आवाज, रणनीतिक सहकार्य र समग्र विकासका लागि काम गर्दै आएको NAIMA ले पहिलोपटक आयोजना गर्न लागेको यो एक्स्पो ऐतिहासिक हुने अपेक्षा गरिएको छ। कार्यक्रममा चारपांग्रे, दुईपांग्रे तथा व्यावसायिक सवारीसाधन उत्पादन तथा आयातमा संलग्न ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी हुनेछन्।

चारपांग्रे सवारी तर्फ BYD, Citroen, Hyundai, KIA, Nissan, Toyota, Volkswagen, Mahindra, Mitsubishi, MG, Renault लगायतका ब्रान्डहरू रहनेछन्। दुईपांग्रे सवारीमा Bajaj, Honda, TVS, KTM, Royal Enfield, Suzuki, NIU, Ather, Gogoro लगायत ब्रान्डहरूको उपस्थिति रहनेछ। व्यावसायिक सवारी ब्रान्डहरूमा Dongfeng, Chery Wanda, Kinglong, Karry, Sunlong लगायतका कम्पनी सहभागी हुनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री