काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा हुन्डाईका तीन चर्चित इलेक्ट्रिक सवारी मोडेलहरूमा विशेष ‘प्रि-बजेट अफर’ सार्वजनिक गरेको छ । कम्पनीले घोषणा गरेको यो अफर जेठ ५ देखि १४ गतेसम्म सीमित अवधिका लागि उपलब्ध हुनेछ ।
अफर अन्तर्गत ग्राहकहरूले नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओनिक ५ र क्रेटा ईभी खरिद गर्दा निशुल्क बीमा, सडक करमा छुट तथा नगद छुट जस्ता विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यो पहलले नेपाली उपभोक्तामाझ इलेक्ट्रिक सवारीसाधनको पहुँच अझ विस्तार गर्ने उद्देश्य राखेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले तीनवटै मोडेलमा दिइएको छुटले यी अत्याधुनिक गाडीहरूलाई अझ किफायती बनाउने विश्वास व्यक्त गरेको छ । साथै, कम्पनीले देशभर डीसी र एसी चार्जरयुक्त ६६ वटा सक्रिय स्टेशन रहेको विस्तृत री-लार्ज चार्जिङ नेटवर्क निर्माण गरिसकेको जानकारी दिएको छ ।
सेवा, स्पेयर पार्ट्स तथा बिक्रीपछिको सहयोगलाई प्राथमिकतामा राख्दै कम्पनीले समग्र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । इच्छुक ग्राहकहरूलाई नजिकको हुन्डाई शोरूममा सम्पर्क गरी यो अफरको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।




