बोलाइयो मन्त्रिपरिषद् बैठक, होला त गभर्नरको नियुक्ति ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठक नियमित प्रकृतिको भए पनि महत्त्वपूर्ण निर्णयहरू हुने सम्भावना छ ।

विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय बैठकको केन्द्रमा रहने संकेत देखिएको छ । सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको थियो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित उक्त समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र योजना आयोगका पूर्व सदस्य पोषराज पाण्डे सदस्य रहेका छन् । समितिले आजै बैठक बसेर गभर्नर पदका लागि तीन जनाको नाम सिफारिस गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

सिफारिस समितिबाट प्रस्तावित तीनमध्ये एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्नेछ । आजको मन्त्रिपरिषद बैठकबाट गभर्नर चयनसम्बन्धी निर्णयसहित अन्य नियमित प्रशासनिक विषयमा समेत छलफल हुने सम्भावना छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री