आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.
जेठ ०५, २०८२ इ.सन् 19 May, 2025 शक संवत् १९४७ नेपाल संवत् ११४५ (बछलागा) सिद्धार्थी संवत्सर उत्तरायण ग्रीष्म ऋतु सोमबार ज्येष्ठ कृष्णपक्ष तिथि सप्तमी, ०१:४५ बजेपछि अष्टमी नक्षत्र श्रवण, १६:११ बजेपछि धनिष्ठा योग ब्रह्म, ०१:३८ बजेपछि ऐन्द्र करण भद्रा, १४:१३ बजेपछि वव, ०१:४५ बजेउप्रान्त वालव चन्द्रराशि मकर योग (आनन्दादि) सिद्धि दिनमान १३:३२ सूर्योदय ५:१५ सूर्यास्त १८:४७ दिन विशेष :  भद्रा १४:१३ बजेसम्म। धनिष्ठा पञ्चक २८:०३ बजे प्रारम्भ ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरको विभिन्न कार्यहरुमा व्यस्त रहनु पर्ला। कार्यक्षेत्रमा उपयुक्त समयमा सही निर्णय गर्दा सफलता मिल्नेछ। धार्मिक कार्यहरूमा हजुरको राम्रो योगदान रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा सोचे अनुरूप कार्य मिल्नाले मन उत्साहित रहनेछ। अपरिचित व्यक्तिहरू माथि सजिलै विश्वास नगरौं। नयाँ जानकारी व सञ्चारको माध्यमबाट कार्य बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशिष्ट व्यक्तिहरूसँगको भेटघाटले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। नोकरी वा पेशामा आफन्तहरूको सहयोग मिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्यार्थी वर्गहरूले साथीभाइसँग घुमेर मात्रै समय व्यर्थ नगर्नुहोला। नोकरी वा पेशामा हतार गर्नदेखि बच्नुहोस्। चिताएको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। उद्योग कारोबारमा नयाँ प्रबिधिको अभावले कार्यक्षेत्रमा अवरोध आउनेछ। विद्यार्थी वर्गहरूको पठनपाठनमा मन नलाग्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा लोकप्रियता संगै जनसम्पर्क पनि बढ्नेछ। शेयर बजारबाट लाभ प्राप्त हुनेछ। व्यापार व्यवसायमा कुनै पनि योजना बनाउँदा गम्भीर सोचविचार गर्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा लाभ मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा सफलता मिल्नेछ। पैतृक सम्पत्तिलाई लिएर वाद विवाद सुल्झिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो आत्मविश्वास र दृढता बनाएर राख्नुहोस् भाग्यको साथ मिल्नेछ। उच्चशिक्षाको लागि नयाँ अवसर मिल्नेछ। नकारात्मक गतिविधि हरूबाट टाढा रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अप्ठ्यारो परिस्थितिहरूमा सुधार आउनेछ। मेहनतले रोकिएको काम बन्नेछ। विशेष योजनाहरू सार्वजनिक नगर्नुहोला। आजको शुभ रंग गाढा हरियो हो भने शुभ अंक ८ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सहयोगी हरुले काममा उत्साह जगाउनेछन्। नयाँ कार्य प्रारम्भ गर्ने समय रहेको छ। उद्योग व्यापारमा फाइदा हुनेछ। आर्थिक पक्ष सामान्य रहने छ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लक्ष्य अनुसार समयमा कार्यसम्पादन हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खर्च लागे पनि यात्राको प्रक्रिया अगाडि बढ्नेछ। सामाजिक कार्यमा सामिल भएर खुसी मिल्नेछ। खानपानको लापरवाहीले स्वास्थ्य बिग्रिन सक्ला। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री