काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यापारी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । तीनकुनेमा राजावादी आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका प्रसाईँलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईँसहित २६ जनामाथि अनुसन्धान गर्न थप ४ दिनको अनुमति दिएको हो ।
प्रहरीले उनीहरूमाथि राज्यविरूद्धको कसुर र सङ्गठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । सङ्गठित अपराध कसुरमा ६० दिनसम्म प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजतन्त्र पुनस्र्थापनाको माग राख्दै दुर्गा प्रसाईंको नेतृत्वमा आन्दोलन भएको थियो । तर उक्त आन्दोलन हिंसात्मक भएपछि दुई जनाको मृत्यु समेत भएको थियो ।
तपाईंको प्रतिकृया




