मखन गल्लीमा आगलागी, एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृतक वृद्ध महिला रहेको तर सनाखत भइनसकेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी अपिल बोहराले जानकारी दिए । ‘एक महिलाको मृत्यु भएको छ, वृद्धखालको हुनुहुन्छ । हामी सनाखत गर्दै छौँ,’ उनले भने ।

उनका अनुसार, आगो नियन्त्रणमा आइसकेको छ । ‘भर्खरै नियन्त्रणमा आएको छ, अरू अनुसन्धान गर्दै छौँ,’ बोहराले भने । आगोलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो ।

आज बिहान बिहान ६ः५० बजेतिर दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगलागी भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री