निर्णायक खेलमा हङकङसँंग हार्‍यो नेपाल

काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल हङकङसंग पराजित भएको छ । जितका लागि नेपालले दिएको ३० रनको लक्ष्य पछ्याएको हङकङले ४.३ ओभरमा लक्ष्य पुरा गर्‍यो ।

हङकङका लागि ओपनर सान्जिन शाहजादले सर्वाधिक १५ रनमा अविजित रहिन् । उनले १२ बलमा १ छक्का प्रहार गरिन् ।

मारिको हिलले ११ रन बनाइन् । यास्मिन दास्वानी ३ रनमा अविजित रहिन्। कप्तान नताशा मिल्स भने डक आउट भइन् ।

नेपालका लागि कविता कुँवरले मात्रै २ विकेट लिइन् । आजको खेलमा पूजा महतो सबैभन्दा महँगो बलर सावित भइन् । उनले २ ओभरमा १९ रन खर्चिइन् ।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १० रन बनाइन् । कप्तान इन्दु बर्मा ९ रनमा अविजित रहिन् । रुबिना क्षेत्री ४ रनमा अविजित रहिन् । हङकङका लागि मि वाइ सुले ३ विकेट लिइन् ।

जितपछि हङकङ ३ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट ३ अंकसहित नेपाल दोस्रो स्थानमा छ । अब नेपाल र हङकङ दुवैले बहराइनसँग खेल्न बाँकी छ । नेपालले बहराइनलाई हराउनै पर्ने हुन्छ ।

नेपाललाई अब हङकङ र बहराइन बीचको खेलको नतिजाले पनि फरक पार्नेछ । नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइन बीचको खेल शुक्रबार हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री